भेरी अस्पतालकाे नयाँ डायलाईसिस कक्ष उद्धाटन
बाँके । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरिले नेपालगन्ज स्थित भेरी अस्पतालकाे हेमो डायलाईसिस कक्ष उद्धाटन गरेका छन् ।
दादुरा महामारी क्षेत्रकाे अवलोकनमा बाँके पुगेका मन्त्री गिरिले भेरी अस्पतालकाे हेमो डायलाईसिस कक्ष उद्धाटन पनि गरेका हुन् ।
उक्त क्रममा मन्त्री गिरिले डायलाईसिस सेवा लिई रहेका ५२ वर्षिय विरामी रविन्द्र श्रेष्ठ लाई फुलको गुच्छा दिएर स्वास्थ लाभको कामना गरे । नयाँ हेमाे डायलाईसिस कक्ष ६ जनाको क्षमताकाे छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस