दादुराको खोप लगाउँन नचाहेका कारण समस्या आयोः स्वास्थ्यमन्त्री गिरी


बाँके । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले दादुराविरुद्घको खोप लगाउँन नचाहेका कारण समस्या देखिएको बताएका छन्।

अहिले नेपालगञ्ज, सुर्खेत लगायत केही ठाउँमा दादुरा महामारीका रुपमा देखिएको छ । दादुराका कारण एक जनाको मृत्यु भएको छ भने, सयौं बालबालिका प्रभावित भएका छन् । २ सय बढी अझै विभिन्न अस्पतालमा उपचारत छन् ।

स्वास्थ्य मन्त्री भएपछि दादुरा महामारी क्षेत्र नेपालगञ्ज पुगेका मन्त्री गिरीले दादुराको खोप नलगाएको वा लगाउँन नचाहेका कारण समस्या गहिरो बन्न पुगेको बताए ।

विशेषगरी मुस्लिम समुदायको बसोबास बढी भएको उक्त क्षेत्रमा बालबालिकाले खोप कम लगाएका छन् । उनिहरु खोपमा खासै जोड गर्दैनन् ।

स्वास्थ्य मन्त्री गिरीले खोप अभियानमा बालबालिका सहभागी गराउँन सबैमा अपिल गरेका छन् ।

‘खोप अभियान सफल बनाउँन सबै निकायसँग छलफल गरेको छु मन्त्री गिरीले भने, ‘विशेषगरी धार्मिक गुरुहरुसँग छलफल भएको छ । म सबै निकायलाई दादुरा बिरुद्घको खोप लगाउँन बालबालिका उपस्थित गराउँन अनुरोध गर्दछु ।’

नेपालगञ्जका विभिन्न क्षेत्रमा दादुराको महामारी देखिएपछि स्वास्थ्य मन्त्रालयले दादुरा खोपविरुद्घ घर दैलो अभियान चलाउने भएको छ । यसका लागि आमा समूह, महिला स्वास्थ्य स्वयंसेवी र जनप्रतिनिधिहरू घर घरमा गएर खोप लगाउँने छन् ।

‘स्वास्थ्यकर्मीहरूले बताए अनुसार ९५ प्रतिशत खोप लगाउँने काम सफल रुपमा सम्पन्न भएको छ । तर, यो सतप्रतिशतमा हुनुपर्छ,’ मन्त्री गिरीले भने, ‘कुनै घर र बालबालिका छुट्नु हुँदैन ।’

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ