१५ करोडको कमसल उपकरण किनेको छैन: वीपी प्रतिष्ठान
धरान । वीपी काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले १५ कराेडकाे कमसल उपकरण नकिनेकाे स्पस्ट पारेकाे छ ।
स्वास्थ्य लाईभ अनलाइन मिडियामा गत माघ १९ गते प्रकाशित “वीपीका निलम्बित उपकुलपति डा.गिरीले १५ करोडको कमसल उपकरण किनेको खुलासा” भन्ने समाचारप्रति प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
समाचारको खण्डन गर्दै वीपीका रजिस्ट्रार प्राध्यापक डाक्टर सूर्य प्रसाद सङ्ग्राैलाले भनेका छन्, गत माघ १९ गते प्रकाशित “वीपीका निलम्बित उपकुलपति डा.गिरीले १५ करोडको कमसल उपकरण किनेको खुलासा” भन्ने समाचारप्रति प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण भएको छ । महालेख परीक्षकबाट प्राप्त प्रारम्भिक प्रतिवेदनमाथि प्रतिष्ठानबाट सम्परिक्षण गर्नुपर्ने धेरै कुराहरू हुन्छन् । प्रारम्भिक प्रतिवेदनलाई महालेखा परीक्षकले समेत सार्वजानिक नगरेको अवस्थामा त्यस अनलाइनबाट सार्वजनिक गर्दा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।”
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस