मानसिक तनाव दिएको आरोप लगाउँदै इनरुवाका चिकित्सकले राजीनामा दिए
काठमाडौं । मानसिक तनाव दिएको आरोप लगाउँदै सुनसरी जिल्ला अस्पताल इनरुवाका चिकित्सकहरुले राजीनामा दिएका छन् । कार्यस्थलमै असुरक्षित भएको भन्दै इनरुवाका ८ मेडिकल अधिकृतले सामूहिक राजीनामा दिएका हुन् ।
मानसिक तनाव दिने र धम्काउने व्यक्तिलाई मेडिकल सुपरिटेन्डेन्टले नै मौन समर्थन गरेको उनीहरूको आरोप छ ।
सामूहिक राजीनामा बुझाउनेमा मेडिकल अधिकृतहरु डा. रतिकुमार यादव, डा. आशिष देव, डा. महेशकुमार शाह, डा. अभिषेकुमार सिंह रहेका छन् । त्यस्तै डा. कृतिका हमाल, डा. दिपेन्द्र मेहता र डा. वीरेन्द्र मण्डल र श्रेया पंगेनीले पनि सामूहिक राजीनामा पत्रमा हस्ताक्षर गरेका हुन् ।
हेर्नुहोस् सामूहिक राजीनामा पत्र
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस