सेवा बन्द गर्ने चिकित्सक सङ्घको निर्णयप्रति स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण


काठमाडौं । झण्डै ४ लाख नागरिकको ज्यानमाथि खेलवाड गर्दै नेपाल चिकित्सक सङ्घले आइतवार घाेषणा गरेकाे ओपिडी सेवा बन्दप्रति स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएकाे बताएको छ ।

शुक्रवार ट्रमा सेन्टरमा कार्यारत एक चिकित्सकलाई राष्ट्रपति विद्या देवी भण्डारीकाे सवारीमा अटेर गरेपछि प्रहरीले लाैराे लगाएको थियाे । उक्त घटनालाई लिएर संघले देशैभर स्वास्थ्य सेवन ठप्प पार्ने निर्णय गरेकाे हाे ।

घटनामा संलग्न भएकाे प्रहरी निलम्बनमा परिसकेको अवस्थामा सेवा ठप्प पारेर गरिब जनतालाई दुख दिन नहुने स्वास्थ मन्त्री पदम गिरीकाे भनाईछ । मन्त्री गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल चिकित्सक संघका अध्यक्ष डा लाेचन कार्कीसँग पनियस बिषयमा छलफल गरेका छन् । उनले सेवा बन्द गरेर बिरामीलाई दुख दिनेकाम नगर्न चिकित्सकलाई आग्रह गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि राति एक विज्ञप्ति जारी गर्दै घटना प्रति दुःख ब्यक्त गरेकाे छ । मन्त्रालयका सह प्रवक्ता डा समीर अधिकारीले उक्त घटनालाई लिएर नेपाल चिकित्सक संघल जारी गरेको प्रेस विज्ञप्ति प्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यानाकर्षण भएको बताए ।

घटनाको लगत्तै नेपाल प्रहरीद्धारा घटनामा संलग्न सुरक्षाकर्मीलाई निलम्बन गरी घटनाको छानवीन गरीरहेको तथा उक्त घटनाको विषयमा थप छलफल गरी समस्याको समाधान गर्नका लागि वार्ता समिति गठन गर्ने र नेपाल चिकित्सक संघले उठाएका विषयहरुलाई सम्बाद मार्फत समाधान गर्न प्रयास भईरहेको पनि विज्ञप्ति मार्फत स्पस्ट पारेकाे छ।

स्वास्थ्य क्षेत्र जस्तो संवेदनशिल विषयमा सम्पूर्ण स्वास्थ्यकर्मीहरु थप संवेदनशिल बनेर अस्पतालमा उपचारका लागि आउने दिर्घरोगी, जटिल प्रकारका विरामीहरुको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै नेपाल चिकित्सक संघले मिति २०७९ साल माघ २९ गतेका दिन आब्हान गरेको आन्दोलनको कार्यक्रम फिर्ता लिएर नागरिकहरुको स्वास्थ्य उपचारको नियमित काममा जुट्नका लागि सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी लगाएत सम्बद्ध सबै स्वास्थ्य संघ संस्थाहररूलाई अनुरोध गर्दछौं विज्ञप्तिमा भनिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ