नेपाल औषधि तथा बिक्रि प्रतिनिधि सङ्घले गैरकानूनी काम गरेको भन्दै औषधि उत्पादक संस्थाहरूको आपत्ति


काठमाडौं । नेपाल औषधि तथा बिक्रि प्रतिनिधि सङ्घ (NMSRA) नामक संस्थाका केहि सदस्यहरूले गैरकानूनी काम गरेको भन्दै औषधि उत्पादक सङ्घसहितका संस्थाले आपत्ति जनाएको छ ।

नेपाल औषधि उत्पादक सङ्घ, नेपाल आयुर्वेद औषधि उत्पादक सङ्घ, नेपाल मेडिकल एसोसियसन, नेपाल औषधि व्यावसायी सङ्घ, रसायन तथा मेडिकल आपुर्ति सङ्घ, नेपाल औषधि बिक्रि प्रबन्धक सङ्गठन, एशोशियसन अफ प्राईभेट हेल्थ ईन्सिटच्युसन नेपालले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै औषधि जस्तो संवेदनशील एवं अत्यावश्यक वस्तुको आपुर्तिमा असहज गराउने कार्य जनस्वास्थ्य प्रतिको खेलवाड रहेको भन्दै आपत्ति जनाएको हो ।

औषधि उत्पादक सङ्घका महासचिव विपलव अधिकारीद्वारा जारी विज्ञप्तिमा नेपालमा औषधिको बजारीकरण गर्ने सम्बन्धमा विभिन्न बहानामा बजारमा कार्यरत कर्मचारीहरूलाई विभिन्न हुल,समुह,संस्थाको नाममा कार्य गर्न निषेध गर्ने, कार्यस्थलमा व्यवस्थापक, निर्देशक लगायत कर्मचारीहरू पूर्व स्वीकृती लिएर मात्र चिकित्सक,थोक बिक्रेता, औषधि पसल, अस्पताल समेतमा कार्य गर्नुपर्ने क्रियाकलाप नेपालको संविधान र विद्यमान कानुन विपरित रहेको उल्लेख छ ।

नेपालको संविधान प्रदत्त अधिकार प्रयोग गरी आफ्नो व्यापार व्यवसाय यबसाय सञ्चालन गर्ने हक हनन हुने क्रियाकलापप्रति हामी गम्भीर रहेको महासचिव अधिकारीले बताए ।

उनले यस विषयमा हामी स्वास्थ्य सम्बद्ध संस्थाहरू ऐक्यबद्धता जनाउँदै यस्ता प्रकारका गैह्रकानुनी कार्य कसैले नगर्न, नगराउनुहुन सम्बन्धित निकायहरूलाई विज्ञप्तीमार्फत अपिल गरेका छन्।

गैह्रकानुनी रुपमा कर्मचारीहरूलाई काम गर्न निषेध गर्ने, जबरजस्ती रकम असुुलि गर्ने,हुलहुज्जत गर्ने, धम्कि दिने जस्ता कार्यको कानुनी उपचार खोज्नु हामी सबैको अधिकार हो भन्दै कानुनी राज्यको अवधारणा बमोजिम अगाडि बढ्नु सबैको दायित्व रहेको पनि विज्ञप्तिमा भनिएको छ ।

यस्ता प्रकारका क्रियाकलापमा कोहि कसैलाई पनि संलग्न नहुन पनि आग्रह गरिएको छ ।

यस्तो प्रकारको क्रियाकलापमा संलग्न भई नेपालको संविधान र विद्यमान कानुन बमोजिम उपचार खोजिने क्रममा कोहि कारबाहीको भागेदार भएमा हामी जिम्मेवार नहुने पनि विज्ञप्तिमा भनिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ