नर्भिककको ‘टार्गेट’मा परेका बालेनलाई कसले राजीनामा गर्न दबाब दियो ?
काठमाडौं । नर्भिक इन्टरनेसनल अस्पतालको अनधिकृत संरचना हटाउन खोजेर ‘टार्गेट’मा परेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई राजीनामा दिन दबाब आएको छ ।
उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूलाई राजीनामा दिन दबाब आएको खुलासा गरेका छन् । तर, कसले दबाब दियो भन्ने खुलाएका छैनन् ।
नर्भिक अस्पतालको अनधिकृत संरचना हटाउने तयारीमा रहेका बालेनलाई राजीनामा गराउन शक्ति केन्द्रमा रहेका माफियाहरू लागिपरेको चर्चा छ । उनलाई पदबाट हट्न निकै दबाब परेको स्रोतको भनाइ छ ।
‘मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन्, यो देश कहिले पनि बन्दैन’, दबाब आएपछि बालेनले लेखेका छन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस