एक सयपटक रक्तदान गर्ने कृष्ण शिवाकोटी सम्मानित


काठमाडौं । १ सयपटक रक्तदान गर्ने अनामनगरका कृष्ण शिवाकोटी सम्मानित भएका छन् । आज काठमाडौंको अनामनगरमा आयोजित रक्तदान कार्यक्रम उनी सम्मानित भएका हुन् ।

त्रिवेणी युवा क्लबले आज आयोजना गरेको रक्तदात कार्यक्रममा शिवाकोटीले रक्तदान गरेका थिए । उक्त रक्तदान उनले दिएको १ सयौंपटकको रक्तदान हो । रक्तदानपछि उनलाई त्यसै क्षेत्रबाट निर्वाचित संघीय सांसद प्रकाशमान सिंह र वरिष्ठ पत्रकार भैरव रिसालले माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

सम्मानित भएपछि पूर्व प्रहरी समेत रहेका कर्म गरेपछि फल पाइने रहेछ भन्ने महसुश भएको प्रतिक्रिया दिए । तीन-तीन महिनामा रक्तदान गर्दै आएका उनले आफू स्वस्थ हुन र अरु एकजनाको ज्यान जोगाउन रक्तदान दिने गरेको बताए ।

 

त्रिवेणी युवा क्लबले अनामनगर चोकमा नियमित रक्तदान कार्यक्रम गर्दै आएको छ । क्लबका अध्यक्ष विन्देश खनालले रक्तदान गर्न मानिसहरू उत्साहित रहेको बताए ।

अनामनगरमा रक्तदान गर्न पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेल, काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकाललगायतको उपस्थिति रहेको थियो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ