स्वास्थ्य मन्त्री गिरीले बुझाए राजीनामा
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले राजीनामा दिएका छन् ।
मन्त्री गिरीले सोमवार प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाएका हुन् ।
नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा रहेका आफ्ना मन्त्रीहरू पनि फिर्ता बोलाएको हो ।
मन्त्री गिरीले ४२ दिन मात्रै काम गर्न पाए ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस