बागमती प्रदेशका आपूर्ति निर्देशकविरुद्ध २५ करोड भ्रष्टाचारको आरोपसहित उजुरी


हेटौँडा । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. अर्जुन सापकोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धानमा भ्रष्टाचारको उजुरी परेको छ ।

सापकोटाले २५ करोड रुपैयाँभन्दा बढी रकम भ्रष्टाचार गरेको आरोप आरोपपत्रमा उल्लेख गरिएको छ ।

काठमाडौँको टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालय पुगेर सापकोटाबाट पीडित स्वास्थ्य व्यवसायीहरूले उजुरी दर्ता गराएका हुन् ।

सापकोटाले विकास सर्जिकलबाट लिक्विड वास्टमा ४ करोड रुपैयाँ दुरुपयोग गरेको आरोप लागेको छ । यस्तै, हेमोडायलासिस मेसिन खरिदमा ३ करोड, सञ्जीवनी सप्लायर्ससँग युएसजी खरिदमा २ करोड, वेब ट्रेडिङ सप्लायर्सबाट वास्ट मेसिन खरिदमा २ करोड रुपैयाँ दुरुपयोग गरेको स्वास्थ्य व्यवसायीको आरोप छ ।

सापकोटाले औषधि व्यवसायी मकुन्द गौतमको विभिन्न कम्पनीबाट औषधिजन्य खरिदमा मिलोमतो गरेर ५ करोड दुरुपयोग गर्नुका साथै आयुर्वेद औषधिमा ४० लाख र छपाई, स्टेशनरी सामान खरिदमै ८० लाख रुपैयाा दुरुपयोग गरेको व्यवसायीले अख्तियारमा गरेको उजुरीमा उल्लेख छ ।

सापकोटाले सिटी स्क्यानमा २ करोड, निजी अस्पताल स्तरउन्नतिकाा नाममा ३ करोड रकम दुरुपयोग गरेको बताइएको छ ।

यस्तै, एम्बुलेन्स तथ पिकअप गाडी खरिदमा पनि १ करोड दुरुपयोग गर्दै २५ करोड रुपैयाँ हिनामिना गरेको अख्तियारमा परेको उजुरीमा उल्लेख छ । यसका साथै, सापकोटाले पत्नी र छोराका लागि प्रदेश ३–०१–२२ च ५४९६ र ८६०७ नम्बरको गाडी प्रयोग गरेको आरोप लगाइएको छ ।

आपूर्ति व्यवस्थापनमा कमाएको रकमले नै रोजभिल्लामा ५ करोड रुपैयाँ बराबरको घर लिएको तथा भ्रष्टाचार बढी गरेर कमाएको रकम सनराइज र राष्ट्रिय वाणिज्य वैंकमा बचत गरेको बताइएको छ ।

४५ हजार तलब खाने कर्मचारीको अकुत सम्पत्तिको छानबिन गर्न माग
गर्दै हरेक काममा कमिसन मागेर हैरान पारेपछि व्यवसायी अख्तियार पुगेको एक व्यवसायीले बताए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ