पहिलो ‘महिला स्वास्थ्य सम्मेलन’

स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बस्ने कुर्सी रित्तै

स्वास्थ्य मन्त्रालयको नाममा एनजिओ/आईएनजिओकाे सम्मेलन !


काठमाडौं । हिजोदेखि शुरु भएको पहिलो ‘महिला स्वास्थ्य सम्मेलन’मा काठमाडौंको याक एण्ड यति होटलमा आज पनि जारी छ । आज सम्पन्न हुने उक्त सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरु उपस्थिति नहुँदा कुर्सी रित्तै छन् ।

स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाले आयाेजना गरेकाे कार्यक्रममा सरकारी अधिकारी अनुपस्थित छन् । विदेशी उपस्थित गराएर पहिलाे महिला स्वास्थ्य सम्मेलनकाे नाम दिइएको कार्यक्रममा आयाेजक संस्था नेपाल सरकार स्वास्थ्य मन्त्रालयको नै उपस्थित छैन । सरकारी अधिकारीलाई आसन गराउँन राखिएका साेफाहरु उनीहरुकाे पर्खाइमा छन् ।

नेपालकाे सरकारी अधिकारी आफ्नै सम्मेलनमा उपस्थित नहुँदा विदेशी प्रतिनिधिहरुले खिसिट्युरी गरिरहेका छन् ।  स्वास्थ्यका अधिकारीहरू अनुपस्थित हुँदा विदेशी प्रतिनिधिसामु नेपालको लाजमर्दो स्थिति देखिएको छ ।

३ सय बढि सहभागी हुने कार्यक्रममा सरकारी अधिकारीकाे उपस्थित शून्य जस्ताे छ । नीति निर्माणमा बस्ने कुनै पनि अधिकारी सहभागी नहुँदा यसले सम्मेलनको औचित्यमाथि प्रश्न उठेका छ। उक्त सम्मेलनमा सरकारी क्षेत्रलाई एनजिओ/आईएनजिओले पुरै ‘डाेमिनेट’ छन् । आयाेजक स्वास्थ्य मन्त्रालयकाे लाेगाे आँखाले नभ्याउने छ । तर, एनजिओ/आईएनजिओका लोगो ठूला-ठूला अक्षरले लेखिएकाे छ ।यसलाई धेरैले स्वास्थ्य मन्त्रालयकाे नाममा एनजिओ/आईएनजिओकाे महिला सम्मेलन भनेर टिप्पणी गरेका छन् ।

पहिलो महिला स्वास्थ्य सम्मेलनमा सबै सहभागी विभिन्न संघ संस्थाका कर्मचारी छन् । सरकारी कर्मचारीकाे फाट्टफुट्ट उपस्थित छ । तर, उपस्थित भएकाहरु पनि नीति निर्माण तहका छैनन् । भोज खाने हिसाबले मात्र आएका छन् ।

पहिलो महिला स्वास्थ्य सम्मेलन एनजिओ/आईएनजिओका लागि दसैँसरह भएको छ । स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थिति नहुँदा सरकारलाई कमजाेर देखाउने ठूलाे अवसर उनीहरूलाई प्राप्त भएकाे छ । कुर्सी खाली बनाउन भूमिका खेल्ने स्वास्थ्यका अधिकारीहरू यसमा विशेष जिम्मेवार देखिन्छन् ।

परिवार कल्याण महाशाखा अन्तर्गत परिवार योजना तथा प्रजनन् स्वास्थ्य शाखा प्रमुख कविता अर्याल सम्मेलनमा सहभागी रहेकी छिन् । सबैतिर आफैं खट्नु पर्ने भएकाले उनलाई ‘सेसेन’काे व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको देखिन्छ । सेसेनमा सहभागी हुने धेरै जनाले क्यान्सिल गरेपछि तत्कालै व्यवस्थापन गर्न उनलाई फलामकाे चिउरा चपाउनुसरह भएको  छ । तर, पनि अर्याल  हतास मानसिकतामा नभइ व्यवस्थापनमा जुटेकी छिन् ।

आफैंले आयोजना गरेकाे कार्यक्रममा सरकारी उच्च अधिकारीकाे सहभागीता नहुनुले अन्तर्राष्ट्रिय जगतमा राम्रो सन्देश पटक्कै गएकाे छैन । यो आफैंमा गम्भीर समिक्षाको विषय हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ