एमालेको प्रमुख सचेतकमा निवर्तमान स्वास्थ्यमन्त्री पदम गिरी
काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतकमा निवर्तमान स्वास्थ्यमन्त्री पदम गिरी नियुक्त भएका छन् । उनलाई संसदीय दलको नेता केपी शर्मा ओलीले प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।
फागुन २५ गतेको निर्णय अनुसार गिरीले एमाले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी पाएका हुन् । उनले करिब डेढ महिना स्वास्थ्यमन्त्रीको भूमिकामा काम गर्ने अवसर प्राप्त गरेका थिए । स्वास्थ्यमन्त्रीबाट हटेको केही समयपछि गिरी एमाले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी पाएका हुन् ।
त्यस्तै प्रतिनिधिसभ एमाले संसदीय दलको सचेतकको जिम्मेवारी महेश बर्तौलाले पाएका छन् । मकवानपुरबाट पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडालाई हराउने बर्तौला एमालेको सचेतक बनेका हुन् ।
क्याटेगोरी : समाचारट्याग : #एमाले प्रमुख सचेतक, #पूर्व स्वास्थ्यमन्त्री पदम गिरी
तपाईको प्रतिक्रिया दिनुहोस