‘मधुमेहका कारण संसारमा १० लाख मानिसको खुट्टा काट्नु पर्छ’
काठमाडौं । इन्टरनेसनल डाइबिटिज फेडेरेसनका अनुसार मधुमेह रोगका कारण संसारमा प्रत्येक वर्ष १० लाख मानिसको खुट्टा काट्नु पर्छ ।
मधुमेहको संक्रमण फैलिँदै गएपछि चिनी नियन्त्रणमा नआएपछि घुँडाभन्दा मुनी संसारमा प्रत्येक वर्ष १० लाख मानिसको खुट्टा काट्नु परेका फेडेरेसनको तथ्याङ्क छ । मधुमेहबाट ज्यान जोगाउन प्रत्येक ३० सेकेण्डमा एउटा व्यक्तिको खुट्टा काट्नु परेको तथ्याङ्क छ । यो डरलाग्दो तथ्याङ्क हो ।
संसारमा ४२ देखि ४३ करोड मानिसमा मधुमेह रोग लागेको फेडेरेसनको तथ्याङ्क छ । नेपालमा मात्र झन्डै ४ देखि ५ लाख मधुमेहका बिरामी रहेको अनुमान गरिएको छ । मधुमेह रोग नेपालका लागि समेत खतरा बन्दै गएको छ ।
नसर्ने रोग मधुमेह नियन्त्रणतर्फ ध्यान नजाने हो भने नेपालमा पनि यसले खतराको रूप लिने देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मधुमेहसम्बन्धी सचेतना फैल्याउन जरुरी छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस