इनरुवाका मेयर भण्डारीमाथि म्याद गुज्रन लागेको औषधि खरिद गरेको आरोप

एउटा सिटामोल नभएको नगरमा ७ काटुन एउटै औषधि खरिद गरेको दाबी


काठमाडौं । इनरूवा नगरपालिका मेयर केदार भण्डारीमाथि ७ काटुन म्याद गुज्रन लागेको औषधि खरिद गरेको आरोप लागेको छ । इनरुवा नगरपालिका वडा नम्बर ६ का वडा सदस्य उत्तम कार्कीले मेयर भण्डारीमाथि उक्त आरोप लगाएका हुन् ।

उनले एउटा सिटामोल नभएको नगरमा ७ काटुन एउटै औषधि खरिद गरेको दाबी गरेका छन् । ‘७ काटुन एउटै कसले दियो अडर कसले मगायो एउटै सिटामोल नभएको नगरमा ७ काटुन एउटै औषधि ! जहिले आको होस ! कति चाहिन्छ कति चल्छ थाहा नहुने स्वास्थ्य चौकीका हाकिमलाई कारबाही गर्ने कि एस्पाएर हुन लागेको औषधि अडर गर्नेलाई ?’, सदस्य कार्कीले प्रश्न गरेका छन् । उनले स्वास्थ्य चौकीका हाकिमलाई कारबाही गर्ने कि एस्पाएर हुन लागेको औषधि अडर गर्नेलाई भनेर उनले मेयर तर्फ औंला ठड्याएका हुन् ।

स्टोर नभएकाले म्याद गुज्रन लागेको औषधि राख्न समेत नसकिने सदस्य कार्की भनाइ छ । कारबाही कसलाई गर्ने लाज लाग्दैन अब भन्दै सदस्य कार्कीले थप आक्रोश पोखेका छन् । ‘म इनरुवा नगरपालिका वडा नम्बर ६ को वडा सदस्य कारबाही मलाइ गर्नुस् आउनुस् म तयार छु मेयर साब तपाईंले अरु के गर्न सक्नु हुन्छ र ? नाग्लो ठोकेर र हाथि ………।।’, सदस्य कार्कीले मेयर भण्डारीलाई लिखित चुनौती दिएका छन् ।

सेटिङमा म्याद गुज्रन लागेको एउटै औषधि खरिद गरेपछि इनरुवा नगरपालिकाको नेतृत्वसँग सदस्य कार्की आक्रोशित बनेकाे देखिन्छ । वडा सदस्यले उठाएका प्रश्नहरु गहन र सान्दर्भिक छन् ।  निहीत र आर्थिक स्वार्थमा अनावश्यक र म्याद गुज्रन लागेको औषधि खरिद गर्ने जिम्मेवार अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायले छानबिन गर्न आवश्यक छ ।

क्याटेगोरी : समाचार
ट्याग : ##औषधि, #इनरुवा नगरपालिका मेयर केदार भण्डारी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ