नेपाल स्वास्थ्य अनुसन्धान परिषद स्वायत्त संस्था हो : सचिव डा.पोखरेल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या सचिव डा राेशन पाेखरेलले नेपाल स्वास्थ्य अनुसन्धान परिषद स्वायत्त संस्था भएकाे बताए । उनले परिषद् स्वयत्त सस्था भएकोले कुनै हस्तक्षेप राज्यबाट नहुने प्रष्ट पारे ।
आजबाट काठमाडौंमा सुरु भएको परिषदको नवाैं वैज्ञानिक शिखर सम्मेलनलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव पोखरेलले परिषदको काममा सरकारले कुनैपनि किसिमको हस्तक्षेप नगरेको प्रष्ट पारेका हुन् ।
उनले व्यक्तिगत रुपमा भइरहेका अध्ययन अनुसन्धानका साथै परिषदले गरेका विभिन्न अध्ययन अनुसन्धान उपलब्धीमुलक रहेको भन्दै आगामी दिनमा थप अध्ययन र अनुसन्धानको आवश्यकता रहेको बताए ।
डा.पोखरेलले आगामी दिनमा नीति निर्माणका लागि परिषदले सरकारलाई चाहिने आवश्यक अनुसन्धान गर्ने पनि विश्वास व्यक्त गरे ।
उनले भने, ‘हालसम्मको अवस्थामा सङ्घीय स्तरमा मात्रै रहेको परिषदलाई आगामी दिनमा चाँडै नै प्रादेशिक स्तरमा पनि विस्तार गर्ने छलफल र तयारी भइरहेको छ । प्रदेश स्तरमा परिषद भयो भने थप सहज हुने र कुन क्षेत्रमा कसरी स्वास्थ्य सेवा प्रवाह गर्ने र कस्ता नीति बनाउने भन्नेमा सहज हुनेछ ।’
डा.पोखरेलले नसर्ने रोग तथा मानसिक स्वास्थ्यको क्षेत्रमा आगामी दिनमा परिषदले थप गहन अध्ययन र अनुसन्धान गरिदियोस् भन्दै आग्रह पनि गरे ।
परिषदको अध्ययन र अनुसन्धानका कारण आगामी दिनमा सरकारलाई निती निर्माणमा मद्दत पुग्ने विश्वास पनि व्यक्त गरे ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस