काठमाडौं जिल्ला बारले वकीललाई निःशुल्क स्वास्थ्य परीक्षण गराउने
काठमाडौं । काठमाडौं जिल्ला अदालत बार एशोसिएसनले वकीलहरूलाई निःशुल्क स्वास्थ्य परीक्षण गराउने भएको छ ।
नयाँ वर्ष २०८० को उपलक्ष्यमामा जिल्ला बारले कानुन व्यवसायीहरू (वकील)लाई निःशुल्क स्वास्थ्य परीक्षण गराउने व्यवस्था गरेको हो ।
काठमाडौं जिल्ला अदालत बार एशोसिएसनका उपाध्यक्ष पुरुषोत्तम अधिकारीका अनुसार बारले आगामी बिहीबार वकीलहरूलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा शुभकामना आदानप्रदान कार्यक्रम राखेको हो ।
चैत ३० गते बिहीबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म जिल्ला अदालत बारले निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरेको उपाध्यक्ष अधिकारीले बताए ।
जिल्ला अदालत बारले वकीलहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरेको हो । बारको उक्त कदमले वकीलहरूमाझ सकारात्मक सन्देश प्रवाह गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं जिल्ला अदालत बार एशोसिएसन, #निःशुल्क स्वास्थ्य परीक्षण, #पुरुषोत्तम अधिकारी, #वकील
तपाईको प्रतिक्रिया दिनुहोस