स्वास्थ्य सचिवलाई बोलाएर आफैंले हस्ताक्षर गरेको कदरपत्र बुझेपछि मेसु पौडेल विवादमा


काठमाडौं । भरतपुर अस्पतालका मेडिकल सुपरीन्टेण्डेन्ट (मेसु) प्रा.डा. कृष्ण प्रसाद पौडेल विवादमा परेका छन् ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेलालाई बोलाएर आफैंले हस्ताक्षर गरेको कदरपत्र बुझेपछि मेसु पौडेल विवादमा परेका छन् ।

भरतपुर अस्पतालमा आधारित रही अनुसन्धान खोज पत्र इन्डेक्स जर्नलमा प्रकाशति गरेको विषयमा मेसु डा. पौडेलले स्वास्थ्य सचिव डा. पोखरेलको हातबाट कदरपत्र लिएको पाइएको छ । अस्पतालको ६७ औं वार्षिकोत्सव कार्यक्रममा डा. पौडेललाई बधाईसहित प्रदान गरिएको कदरपत्रमा उनको पनि हस्ताक्षर रहेको देखिन्छ । एउटा रिसर्च पेपर पब्लिस गर्दा आफैले हस्ताक्षर गरेर कदरपत्र बुझेपछि डा. पौडेलको आलोचना सुरु भएको हो ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले एउटा रिसर्च पेपर पब्लिस गर्दा आफैंल हस्ताक्षर गरेको कदरपत्र लिएको तिखो प्रहार गरेका छन् । स्वास्थ्य सचिव बोलाएर आफैलाई दिन लगाउने प्रा. डा. अरु कुन देशमा होलान् भन्ने प्रश्न समेत गरेका छन् ।यस्ता रिसर्च पेपर इनटर्नहरूले नै धेरै छाप्ने गरेको उनीहरूको टिप्पणी छ ।

भरतपुर अस्पतालका मेसु डा. पौडेलको उक्त कदमले स्वास्थ्य सचिव डा. पोखरेल समेत विवादमा परेका छन् ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ