२०७९ मा रुमलिएको स्वास्थ्य क्षेत्रले २०८० मा ट्रयाक समात्ला ?


काठमाडौं । आजदेखि २०७९ साल समाप्त भएर २०८० लागेको छ । नयाँ वर्ष लागेसँगै हरेक क्षेत्रमा नयाँ उत्साह र उमंग थपिने गर्छ । यसपटकको नयाँ वर्षले स्वास्थ्य क्षेत्रमा नयाँ उत्साह र उमंग कतिको भरिएला हेर्न बाँकी छ ।

२०७९ सालमा स्वास्थ्य मन्त्रालय राजनीतिक नेतृत्वको हिसाब नै निकै अस्थिर रह्यो । स्वास्थ्यमन्त्रीहरु बन्ने र फेरिने क्रम जारी रहे । २०७९ सालको अन्त्यतिर त स्वास्थ्य मन्त्रालयले मन्त्रीको मुख समेत देख्न पाएन । २०८० सालको आगमनसँगै स्वास्थ्य मन्त्रालयले नयाँ नेतृत्व पाउनु नै उमंगको विषय बनेको छ ।

कोभिड-१९ र डेंगुले च्याप्न थाल्दा पनि स्वास्थ्य मन्त्रालयले नेतृत्व पाउन सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैंले स्वास्थ्य मन्त्रालय राखेर बेवास्ता गरी छाडेका छन् । यसले नयाँ वर्षमा नेपाली जनताले स्वास्थ्यमा ठूलो मूल्य चुकाउनु पर्ने अवस्था नआउला भन्न सकिन्न ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र सिंहदरबारबीच टक्कर सुरु हुँदा सिंहदरबारको फोहोर उठ्न सकेको छैन । यो फोहोर केही दिनभित्रै व्यवस्थापन नभए सिंहरबारबाटै डेंगुको महामारी फैलिने निश्चित छ । संघीय सरकारको हेपाइ र महानगरको लापरबाहीले काठमाडौंबासी २०८० को सुरुवातमै स्वास्थ्य समस्याकाे मारमा पर्ने देखिन्छ । नयाँ स्वास्थ्यमन्त्री दिएर सिंहदरबारको फोहोर व्यवस्थापनका लागि महानगरपालिकालाई सहयोग गर्न २०८० सालले संघीय सरकारलाई सद्वृद्धि दिनुपर्ने देखिन्छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ