स्वास्थ्य तर्फ ४ हजारभन्दा बढी दरबन्दी रिक्त, सेवामा सकस


काठमाडौं । स्वास्थ्य तर्फका ४ हजारभन्दा बढी दरबन्दी रिक्त रहेको पाइएको छ ।

सङ्घ, प्रदेश र स्थानीय तहमा गरी ३१ हजार ५ सय ९२ दरबन्दी रहेकोमा २६ हजार ७ सय १७ जना कर्मचारीको मात्रै समायोजना भएको महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

महालेखाका अनुसार २ सय ९ जना कर्मचारी फाजिलमा रहेका छन् भने ४ हजार ६ सय ६६ दरबन्दी अझै रिक्त छन् ।

नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा २५ मा कुनैपनि कर्मचारीलाई पदीय जिम्मेवारी नदिई एक महिनाभन्दा बढी अवधिकसम्म कार्यालयमा राख्न नहुने व्यवस्था छ । तर, स्वास्थ्य तर्फ रिक्त दरबन्दी अझै पूर्ति हुन सकेको छैन । जसका कारण सेवा प्रवाहमा समस्या देखिएको छ ।

समायोजन पश्चात कतिपय कार्यालयमा बढी र कतिपयमा घटी कर्मचारी रहेको देखिँदा कार्यबोझ र सेवा प्रवाहको अवस्थालाई ध्यानमा राखी कर्मचारी समायोजना गर्न सरकार असफल देखिएको महालेखाको बुझाइ छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ