ठेकेदारले १ करोड लिए तर अस्पताल भवन बनेन


काठमाडौं । दैलेखको नौमुले गाउँपालिकामा १५ शय्याको अस्पताल बनाउने जिम्मेवारी पाएका ठेकेदारले १ करोड पेश्की लिएका छन् । तर, अहिलेसम्म अस्पताल भवन बन्ने टुंगो लागेको छैन ।

नौमुलेमा १५ शय्याको अस्पताा बनाउने  निर्माण व्यवसायीले १ करोड पेश्की लिएको डेढ वर्ष हुन लागेको छ । तर, अहिलेसम्म अस्पताल निर्माणको जग समेत खन्ने काम भएको छैन ।

महालेखा परीक्षकको कार्यालयका अनुसार उक्त एक पालिका अस्पताल कार्यक्रम अन्तर्गत भवन बनाउन ९ करोड ९० लाखमा ठेक्का सम्झौता भएको हो । २४ महिनामा अस्पताल भवन निर्माण सम्पन्न हुनुपर्नेमा ६ महिना बाँकी रहँदा पनि जग खन्ने काम भएको छैन ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ