चाहिएको छ स्वास्थ्यमन्त्री बनाइँदैछ परराष्ट्रमन्त्री


काठमाडौं । अहिले मुलुकमा कोभिड-१९ का संक्रमितहरू ह्वात्तै बढ्न थालेको छ । दिनप्रतिदिन कोभिडका बिरामी थपिने क्रम तीव्र रुपमा बढेको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व नहुँदा कोभिड नियन्त्रणलगायतका कार्यक्रमहरू फितलो बन्दै गएको देखिन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निकट भविष्यमै हुने भारत भ्रमणलाई मध्यनजर गर्दै आज परराष्ट्रमन्त्रीमा नारायणप्रसाद (एनपी) साउदलाई नियुक्ति गरिँदैछ । तर, अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील मानिएको स्वास्थ्य मन्त्रालयमा नेतृत्व प्रदान गर्न प्रधानमन्त्री दाहालले सकेका छैनन् ।

प्रधानमन्त्री दाहालको काँधमा अहिले स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण, कानुन, परराष्ट्र, युवा तथा खेलकुद र खानेपानी मन्त्रालय परेको छ । सिंहदरबारबाहिर रहेको स्वास्थ्य मन्त्रालयमा त झन् उनको खासै आँखा पुग्न सकेको छैन । प्रधानमन्त्री दाहालले अहिले परराष्ट्रभन्दा  स्वास्थ्यमा नयाँ मन्त्री आवश्यक छ भन्ने कुरा बुझ्न सकेका छैनन् । निकट भविष्यमै आउने महामारीले उनको होस चेत एकैपटक खुलाउनेवाला छ ।

प्रधानमन्त्रीले तत्काल स्वास्थ्यमन्त्री नियुक्ति गर्न पहल नगर्ने हो भने स्वास्थ्य क्षेत्र अस्तव्यस्त हुने विज्ञहरूको बुझाइ छ । उनले आजै परराष्ट्रसँगै स्वास्थ्यमन्त्रीको पनि सपथ खुवाउन पहल गर्नुपर्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #एनपी साउद, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ