प्रदूषणले निसास्सिएको राजधानी काठमाडौं


काठमाडौं । नेपालको संघीय राजधानी काठमाडौं प्रदूषणले निसास्सिएको छ । आज काठमाडौंले विश्व रेकर्ड बनाएको छ ।

विश्वका प्रदूषित सहरको पहिलो स्थानमा आज काठमाडौं परेको छ । आज बिहानैदेखि काठमाडौंको मौसम धुम्म हुनुले पनि यसको संकेत गरेको छ । अहिलेसम्म काठमाडौंको मौसम सफा हुन सकेको छैन ।

एअर क्वालिटी इन्डेक्सका अनुसार आजको दिन नेपालको संघीय राजधानी काठमाडौं विश्वको प्रदूषित सहरको पहिलो स्थानमा परेको छ । उक्त इन्डेक्सले काठमाडौंको एयर भिजुअल सूचक आइक्यू १९६ रहेको देखाएको छ । यसले काठमाडौं बस्न योग्य छैन भन्ने देखाउँछ ।

एअर भिजुअल सूचक आइक्यू १५१ देखि ३०० बीचमा रहनु अस्वस्थकर मानिन्छ। नेपालको आजको एअर भिजुअल सूचक आइक्यू १९६ एअर क्वालिटी इन्डेक्सले जनाएको छ । यो भनेको काठमाडौं प्रदूषित सहरको पहिलो स्थानमा रहनु हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ