कोभिड सङ्क्रमितको उपचार खर्चमा राज्य जिम्मेवार नहुने, स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाउने !
काठमाडौं । कोरोना भाईरसको चौथो लहरको जोखिम बढेदै गएको छ । सङ्क्रमण तीव्र गतिमा बढिरहेको छ भने मृत्यु हुनेको सङ्ख्या पनि थपिँदै गएको छ । कोरोनाका नयाँ बिरामी बढेपनि अस्पतला भर्ना हुने दर भने कम रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीको भनाइ छ ।
कोरोनाको तेस्रो लहरसम्म सङ्क्रमितको उपचार खर्च राज्यले ब्यहोर्दै आएको थियो । केही महिनाको ग्याप पछि सुरु भएको सङ्क्रमण अहिले निकै अगाडी लम्किरेहको छ ।
हाल देशभर ३ सय ९७ भन्दा बढी सक्रिय सङ्क्रमित छन् । मङ्गलवार मात्रै २४ घण्टामा १ सय ७१ जनामा कोरोना पुष्टि भएको थियो । डा. अधिकारीले सङ्क्रमित अधिकांश कोरोनाको खोप नलगाएकाहरू भएको र केहीले बुस्टर नलगाएको पाइएको बताए ।
पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । यो मृत्युले सङ्क्रमणमा वृद्धिसँगै मृत्युको पनि सङ्ख्या बढाउने चिन्ता अधिकारीहरूले गरेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सङ्क्रमितको उपचार कसले गर्ने भन्नेमा निकै बहस र पैरवी भएको थियो । तर, मन्त्रालयका उच्च अधिकारीहरूले अब कोरोनाको उपचार खर्च राज्यले व्यहोर्न नसक्ने बताएका थिए ।
देश आर्थिक मन्दिमा भएकाले पनि अहिले समस्या भएको उनिहरूले तर्क रहेको छ । तर, सार्वजनिक रुपमा मन्त्रालयले उपचार खर्च बिरामी आफैले व्यहोर नभन्ने बताएको छ । योसँगै कोभिडको उपचार गर्ने स्वास्थ्यकर्मीहरूले पनि जोखिम भत्ता नपाउँने भएका छन् । कोरोना सामान्यीकरण तर्फ गएकाले पनि उनिहरूलाई जोखिम भत्ताको आवश्यकता नभएको अधिकारीहरूको भनाइ छ ।
क्याटेगोरी : समाचारट्याग : #आर्थिक मन्दि, #कोरोना भाईरस, #स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
तपाईको प्रतिक्रिया दिनुहोस