डा. गजुरेल बने मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको कार्यकारी निर्देशक
काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको कार्यकारी निर्देशकमा प्रा.डा. रत्नमणि गजुरेल नियुक्त भएका छन्।
त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले आइतवार त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको सेन्टरको कार्यकारी निदेशकमा डा.गजुरेललाई नियुक्त गरेका हुन्।
प्रा.डा. उत्तमकृष्ण श्रेष्ठको चार वर्षे कार्यकाल शुक्रवार सकिएपछि उक्त पद रिक्त रहेको थियो । गजुरेल यसअघि सेन्टरको कार्डियोलोजी विभागका प्रमुख थिए।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस