भारतमा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य सुधारोन्मुख
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।
भारतको नयाँ दिल्लीस्थित अल इन्स्टिच्यूट अफ मेडिकल साइसेन्स (एम्स) मा भर्ना भई उपचाररत रहेका राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था विस्तारै सुधार हुन थालेको हो ।
उपचारमा संलग्न चिकित्सकहरूले एन्टिबायोटिक उपचारका कारण राष्ट्रपति पौडेलको शारीरिक रुपमा केही शिथिलता भएता पनि सामान्य हिँडडुल गर्ने अवस्थामै रहेको बताए छन् ।
चिकित्सकहरूका अनुसार राष्ट्रपति पौडेलको उपचारसँग सम्बन्धित केही परीक्षणहरू भइसकेको र केहीको परीक्षण हुन बाँकी रहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस