लाइन्स क्लब अफ काठमाडौंद्वारा साँखुमा निःशुल्क आँखा परीक्षण
काठमाडौं । लाइन्स क्लब अफ काठमाडौंले साँखुमा निःशुल्क आँखा र मधुमेहको परीक्षण गरेको छ । साँखुको चौकी भन्ज्याङमा रहेको महेन्द्र राष्ट्रिय आधारभूत विद्यालयमा लाइन्स आँखा अस्पतालका स्वास्थ्यकर्मीले आँखा र मधुमेहका बिरामीको स्वास्थ्य परीक्षण गरेका हुन् ।
लाइन्स क्लब अफ काठमाडौंका कोषाध्यक्ष विराट प्रकाश मैनालीका अनुसार निःशुल्क स्वास्थ्य शिविरमा ७९ जनाले आँखा र ३७ जनाले मधुमेहको परीक्षण गराएका छन् । धेरैको आँखामा समस्या देखिएको र त्यसको उचित परीक्षण तथा उपचार गरिएको उनको भनाइ छ ।
लाइन्स क्लब अफ काठमाडौंका अध्यक्ष नरेश खड्गा र उपाध्यक्ष योगेन्द्र रूम्बासहितको टोली उक्त स्वास्थ्य शिविरमा उपस्थित रहेको मैनालीले जानकारी दिए ।
स्वास्थ्य शिविरमा कोण्डो फाउण्डेसन काठमाडौंको तर्फबाट अपार खाडाले महेन्द्र राष्ट्रिय आधारभूत विद्यालयलाई महत्त्वपूर्ण पुस्तक समेत हस्तान्तरण गरेका छन् ।
लाइन्स क्लब अफ काठमाडौंले नियमित रूपमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको कोषाध्यक्ष मैनालीले बताए । यसले स्वास्थ्य सेवा र आँखाको उपचारमा महत्त्वपूर्ण योगदान गरेको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस