बाँसबारीमा खुल्ला व्यायामशाला सञ्चालनमा


काठमाडौं । बाँसबारीमा खुल्ला व्यायामशाला सञ्चालनमा आएको छ । नेपालका लागि पाकिस्तानी दूताबासको सहयोगमा काठमाडौँ महानगरपालिकाको वडा ३ ले बाँसबारी क्लवको प्राङ्गणमा खुल्ला व्यायामशाला निर्माण गरेको हो ।

‘व्यायामशालामा अत्याधुनिक १६ प्रकारका सामग्री र उपकरण राखिएको वडा नम्बर ३ का अध्यक्ष प्रेम थापाले बताए । उमेर समूह, सहरबासीमध्ये धेरैमा देखिएका शारीरिक समस्या, स्वस्थ्य जीवन जस्ता पक्षलाई हेरेर व्यायामशालामा सामग्री तथा उपकरण राखिएकाे उनको भनाइ छ ।

थापाका अनुसार जडान गरिएका सामग्रीहरुमा एअर वकर, एब्डोमिनल फिटनेस कम्बिनेसन, सिङ्गल र डबल स्किलिङ् मेसिन, सिङ्गल फिटनेस राइडर लगायत छन् । उनले लेग प्रेस, सिङ्गल रोइङ् मेसिन, पुल चेयर, डबल स्प्लिट मेसिन, लेग एक्स्टेन्सन एण्ड फिटनेस राइडर, लेग लिफ्टर, बसेर तथा उठेर ट्वीस्टर गर्ने मेसिनलगायत रहेको जानकारी दिए ।

खुल्ला स्थानको उपयोगमा सर्वसाधारण सबैलाई आकर्षित गर्न व्यायामशाला बनाइएको वडाको प्रतिक्रिया छ ।महाराजगञ्जको शिवमार्गमा, रानीबारी मार्ग र धारापाटीमा रहेको सामुदायिक सेवा केन्द्रको परिसरमा यसै बर्ष यही स्तरको सेवा सञ्चालन गर्ने वडाध्यक्ष थापाको भनाइ छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ