नेपाली काँग्रेसका सांसद डा.भण्डारी दुई महिनाको उपचार पछि आज नेपाल फर्किँदै
काठमाडौं । नेपाली काँग्रेसका नेता एवं गुल्मी जिल्ला क्षेत्र नम्बर १ का सांसद डा. चन्द्र भण्डारी आज स्वदेश फर्किंदैछन् ।
गत फागुन ३ गते भारतको महाराष्ट्र, मुम्बईस्थित नेसनल बर्न अस्पतालमा उपचारका क्रममा रहेका सांसद भण्डारी आज दिउँसो २ः५५ बजे नेपाल वायुसेवा निगमको मुम्बई–काठमाडौं नियमित उडानबाट नेपाल फर्किदै छन् ।
अहिले उनको स्वास्थ्य क्रमिक रुपमा सुधार भइरहेको छ । अबको बाँकी थप स्वास्थ्योपचार नेपालमा नै गरिने भएपछि उनी नेपाल फर्किन लागेको उनका स्वकीय सचिव वोधराज कँडेलले बताए।
तग फागुन २ गते आफ्नै घरमा आगलागीमा परेर जलन भएका सांसद भण्डारी करिब साढे दुई महिनाको उपचार पछि नेपाल फर्किन लागेका हुन् । उक्त घटनामा भणडारीका आमाको निधन भएको थियो ।
डा. भण्डारीले शुभेच्छा प्रकट गर्ने सबैलाई आभार र धन्यवाद गरेका छन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस