डेंगी नियन्त्रणमा समुदायको सक्रियता बढ्दै


काठमाडौं । सम्भावित डेंगी रोगको खतरा रोक्न समुदाय नै सक्रिय हुन थालेका छन् । काठमाडौंको नयाँ बानेश्वर, बुद्धनगर, सुविधानगरजस्ता स्थानमा स्थानीयले सरसफाई अभियान सञ्चालन गर्न थालेका छन् । यसले
डेंगी रोकथाम तथा नियन्त्रणका लागि महत्त्वपूर्ण भूमिका खेल्ने स्थानीयको बुझाइ छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई हरेक शुक्रबार १० बजे १० मिनेट समय सरसफाईमा लागि छुट्याउन अनुरोध गरेको छ । तत्कालीन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको पालामा हप्ताको १ दिन स्वास्थ्य मन्त्रालय परिसरमा सरसफाई कार्यक्रम चल्दै आएको थियो । उनी हटेपछि सरसफाई अभियान पनि हटेको थियो । अहिले फेरि मन्त्रालयले सरसफाई अभियानलाई निरन्तरता दिन खोजेको छ ।
सिंहदरबार वरिपरिका टोल मात्रै होइन अब सिंहदरबार परिसरमा पनि सरसफाई कार्यक्रम चल्ने छ ।
हिजो शुक्रबार नयाँ बानेश्वरका युवाहरूले झाडु लिएर आफ्नो टोल सरसफाई अभियानमा जुटेजस्तै
प्रधानमन्त्री, मुख्यसचिव जस्ता उच्च पदस्थहरु पनि झाडु लिएर १० मिनेट कार्यालय परिसरमा निस्किए देशैभर सरसफाई अभियान सञ्चालन हुने वातावरण बन्छ ।
मन्त्री र सचिव नै झाडु लिएर निस्केपछि मन्त्रालय परिसर सफा हुने मात्र होइन डेंगीको खतरा पनि केही हदसम्म नियन्त्रण हुन्छ ।
काठमाडौंको सिंहदरबारदेखि गाउँ-गाउँको सिंहदरबारमा यो सरसफाई अभियान सुरु गर्न सकेको खण्डमा टोल-टोलमा यो अभियान चल्न सक्छ । यो अभियान स्थानीय सरकारले पनि सञ्चालन गर्न जरुरी छ ।
काठमाडौं महानगरपालिकाभित्रका टोल समुदायले जस्तै अन्य पालिकाभित्रका टोल समुदायले पनि सरसफाई अभियान थाल्नु पर्ने आवश्यकता देखिन्छ ।
सरसफाई अभियानमा काठमाडौं महानगरपालिकाभित्रका समुदायहरूको सक्रियता बढ्दै गएको छ । यसले देशभर राम्रो म्यासेज दिन सक्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ