१२ दिनको उपचार पछि राष्ट्रपति पौडेल स्वदेश फर्किँदै


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आइतवार स्वदेश फर्किँदै छन् ।

उपचारका लागि भारत गएका राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार आइतवार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट उनको स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

राष्ट्रपति पौडेलको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा अस्पतालमा उपचार भएको थियो ।

विभिन्न परीक्षण र उपचारपश्चात हाल स्वास्थ्यमा उल्लेखनीय सुधार भएको हुँदा अस्पतालबाट डिस्चार्ज भएको प्रवक्ता आचार्यको भनाइ छ ।

उपचारमा संलग्न चिकित्सकहरूले अझ केही हप्ता आराम गर्ने सुझाव दिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

पेट र छातीमा समस्या देखिएपछि पौडेललाई एयर एम्बुलेन्सबाट वैशाख ६ गते दिल्ली लगिएको थियो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ