सार्क क्षयरोगमा डा रोशन नियुक्त 


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पुष्पकमल दाहालले सार्क क्षयरोग तथा एचआइभी केन्द्रको निर्देशकमा डा रोशन न्यौपानेलाई नियुक्त गरेका छन् । ११ तहका डा न्यौपानेलाई रिक्त रहेको केन्द्रको निर्देशकमा नियुक्त गरेका हुन् । डा न्यौपानेको दरबन्दी भरतपुर अस्पताल हो । तर, उनलाई गण्डकी प्रदेश आपुर्ति केन्द्रको निर्देशक बनाइएको थियो ।

संघको कर्मचारी प्रदेशको आपुर्ति केन्द्र प्रमुख बनाएको भन्दै आलोचना भएपछि प्रदेशले आफ्नै कर्मचारी नियुक्त गरेपछि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय फिर्ता भएका थिए । गत १ फागुनमा सार्क क्षयरोग तथा एचआइभी केन्द्रबाट यशोधा अर्यालको सरुवा गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ल्याएपछि उक्त स्थान खाली थियो । हाल एचआइभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्र, राष्ट्रिय क्षयरोग केन्द्र प्रमुख विहीन छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ