पहिलो राष्ट्रिय आयुर्वेद अचिभमेन्ट अवार्ड डा. भूसाललाई


काठमाडौँ । आयुर्वेद मेडिकल डेभलपमेन्ट रिसर्च फाउन्डेसनले पहिलो पटक राष्ट्रिय आयुर्वेद अचिभमेन्ट अवार्ड डा. निर्मल भूसाललाई प्रदान गरेको छ ।

काठमाडौमा आयोजना गरिएको समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले डा. भूसाललाई सम्मान गरेका हुन् ।

आयुर्वेदका लागि जीवनभर योगदान दिएका डा.राम वृक्ष साहुलाई कश्यप सम्मान, डा. रामनारायण शाहलाई चरक सम्मान र डा. ऋषिराम कोइरालालाई धन्वन्तरी सम्मान प्रदान गरिएको छ ।

कार्यक्रममा डा. ओममूर्ति अनिललाई स्वास्थ्य सेवामा उत्कृष्ट अन्तरक्षेत्रीय योगदानको अवार्ड, प्रा. वैद्य कतार सिंह धिमानलाई अन्तर्राष्ट्रिय आयुर्वेद व्यक्तित्व सम्मान र प्रा. डा. देवबहादुर रोकालाई सर्वोत्कृष्ट आयुर्वेद क्लिनिकल अवार्ड प्रदान गरिएको छ ।

आयुर्वेद क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूलाई परिचित र उत्प्रेरित गराउने उदेश्यले सम्मान गरिएको फाउन्डेसनका अध्यक्ष डा. विजेन्द्र शाहले बताए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ