स्वास्थ्यमन्त्रीमा मोहनबहादुर बस्नेत नियुक्त


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका छन् । नेपाली कांग्रेसबाट आज ३ जना मन्त्री नियुक्त भएका छन् ।

राष्ट्रपतिले आज मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति गरी बस्नेतलाई स्वास्थ्य मन्त्रालयको कार्यभर तोकेका हुन् ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम स्वास्थ्यमन्त्रीमा बस्नेत कानुनमन्त्रीमा धनराज गुरुङ र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बू नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा आज बुधबार राष्ट्रपति पौडेलले बस्नेत, गुरुङ र लिम्बूलाई मन्त्रीमा नियुक्ति गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

स्वास्थ्य लाइभले बस्नेत स्वास्थ्यमन्त्री हुने कुरा ब्रेकिङ गरेपनि उनको सपथ रोकिएको थियो । दुईपटक रोकिएको बस्नेतको सपथ तेस्रो पटकमा भने सफल हुने भएको छ । बस्ने स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा रहेर काम गरिसकेका व्यक्ति हुन् ।

नवनियुक्त मन्त्रीहरूको भोलि दिउँसो ३ बजे सपथ हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ