काठमाडौंभरि २४ सैं घण्टा निःशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्न सकिने
काठमाडौं । काठमाडौंभरि २४ सैं घण्टा निःशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्न सकिने भएको छ ।
काठमाडौं महानगरपालिकाले काठमाडौंभरि २४ सैं घण्टा निःशुल्क एम्बुलेन्स सेवा लिन सकिने व्यवस्था मिलाएको हो ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका अनुसार १०२ मा कल गरेर काठमाडौंभरि २४ सैं घण्टा निःशुल्क एम्बुलेन्स सेवा लिन सकिने व्यवस्था गरिएको छ । यो सुविधा प्रयोग गरेबापत कुनै शुल्क तिर्न नपर्ने बालेनको भनाइ छ ।
काठमाडौं महानगरपालिकाले एम्बुलेन्सको विशेष व्यवस्था गरेकाले विरामीको ज्यान जोगाउन र समयमै अस्पतालमा पुर्याउन सजिलो हुने भएको छ । विपन्न विरामीलाई पनि एम्बुलेन्सको सहायतामा स्वास्थ्य संस्था जान सहज हुने देखिन्छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस