कर्मचारीले पैसा मागेको प्रमाणसहित आउन मेयर बालेनको आग्रह


काठमाडौं । कर्मचारीले पैसा मागेको प्रमाणसहित आउन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आग्रह गरेका छन् ।

स्वास्थ्य विभागसहित महानगरपालिकाका केही कर्मचारीले पैसा मागेको आरोप लागेपछि मेयर शाहले प्रमाणसहित आउन सेवाग्राहीलाई आग्रह गरेका हुन् ।

कर्मचारीले पैसा मागेर भ्रष्टाचार गरेको प्रमाणसहित ९८६३५९२०११ मा whatsapp मा प्रमाण सहित सम्पर्क गर्न समेत उनको अनुरोध छ । उक्त मोबाइल आफूले मात्र बोक्ने बताउँदै बलेनले पठाउने को नाम गोप्य राखिने स्पष्ट पारेका छन् ।

‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौ , हाम्रो अधिकार क्षेत्र काठमाडौ महानगर पालिका कार्यालयमा कुनै नि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाण सहित हामीलाई सम्पर्क गर्नु होला भिडियो अडियोसहित’ मेयर बालेनले भनेका छन्क, ‘सैले बिना प्रमाण यस्ले यति भ्रस्टाचार गर्यो भनेर आरोप लगाउनु भन्दा पनि प्रमाण जुटाउनु होला ।’,

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ