काठमाडौं महानगरको स्वास्थ्यदेखि सहरीसम्मका कर्मचारी अख्तियारको छानबिनमा


काठमाडौं । काठमाडौं महानगरपालिका स्वास्थ्यदेखि सहरी विभागसम्मका कर्मचारी अख्तियारको छानबिनमा परेका छन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको सक्रियतामा ती कर्मचारी अख्तियारको छानबिनमा पुगेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग उच्च स्रोतका अनुसार ठूलो संख्यामा महानगरका कर्मचारी अख्तियारको छानबिनको दायरामा परेका छन् । काठमाडौं महानगरपालिका कै तर्फबाट र थप उजुरीका आधारमा महानगरका कर्मचारीमाथि अकुतमा छानबिन भइरहेको अख्तियारको दाबी छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेनले भ्रष्टाचार भएको हेर्न नसक्ने भन्दै प्रमाणसहित उजुरी समेत मागेका छन् ।कतिपयले बालेनकै उजुरीका आधारमा अख्तियारले महानगरका प्रभावशाली कर्मचारीमाथि अकुतमा छानबिन गरिरहेको टिप्पणी गरेका छन् ।

काठमाडौं महानगरपालिकाका कर्मचारीमाथि अकुतमा छानबिन भइरहेको भएपनि उजुरीकर्ताको नाम गोप्य राखिएको अख्तियारका अधिकारीहरू बताउँछन् । अख्तियारले काठमाडौं महानगरपालिकाका भ्रष्ट कर्मचारीमाथि ठूलो संख्यामा पहिलोपटक छानबिन गरिरहेको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ