न्याम्सको निमित्त उपकुलपतिको जिम्मेवारी डा. भुपेन्द्र बस्नेतलाई
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को निमित्त उपकुलपतिको जिम्मेवारी डा. भुपेन्द्र कुमार बस्नेतले पाएका छन् ।
वीर अस्पताल पूर्व निर्देशक डा. भुपेन्द्रलाई न्याम्सको निमित्त उपकुलपति (भिसी)को जिम्मेवारी दिइएको हो ।
न्याम्सका सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा. भुपेन्द्रलाई निमित्त भिसीको जिम्मेवारी दिएका हुन् ।
कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल, वीरको निमित्त प्रमुख प्रशासकीय अधिकारी समेत भएर चलाएका उनलाई स्वास्थ्यमन्त्री बस्नेतले निमित्त भिसीको जिम्मेवारी सुम्पेका हुन् । डा. भुपेन्द्र न्याम्सको मामिलामा जानकार चिकित्सक मानिन्छन् ।
क्याटेगोरी : समाचारट्याग : #चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, #डा. भुपेन्द्र कुमार बस्नेत, #न्याम्स निमित्त भिसी
तपाईको प्रतिक्रिया दिनुहोस