वीपी काेइराला क्यान्सर अस्पतालकाे संचालक सदस्यहरु नियुक्ति गर्ने तयारी


काठमाडौं । वीपी काेइराला मेमोरियल क्यान्सर अस्पतालकाे संचालक सदस्यहरु नियुक्ति गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीपी कोइराला क्यान्सर अस्पतालको संचालक सदस्यहरु नियुक्तिको तयारी गरेको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा मोहनबहादुर बस्नेत आएपछि स्वास्थ्यका रिक्त स्थानमा फास्ट ट्रयाकमा नियुक्ति गर्न थालेका छन् । उनले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि यही नीति अख्तियार गर्न लागेका हुन् ।

वीपी काेइराला मेमोरियल क्यान्सर अस्पतालकाे संचालक सदस्यमा नियुक्तिका लागि विभिन्न व्यक्तिहरूको सूची तयार भएको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा नियुक्तिका लागि डा. शैलेन्द्र पाेखरेल बिक, डा. रश्मि पुन, डा. रिता महासेठको नाम आएको छ ।

त्यस्तै डा. अनिल बिक्रम कार्की, डिल्लीराम लामिछाने र शिलादेवी अधिकारीलाई वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकाे संचालक सदस्यमा नियुक्ति गर्ने तयारी भइरहेको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ