चिकित्सा शिक्षामा दुई सेसन विद्यार्थी भर्नाको माग
काठमाडौं । देशको अरबौ रकम मेडिकल अध्ययनका नाममा विदेशिएको छ । हुदा छदाको एमबीबीएस सिट समेत घटाएर माफिया पोस्नेकाम गरेको राज्य अहिले आफै आर्थिक संकटको भुमरिमा परेको छ ।
देशको आर्थिक अवस्था उकास्ने र विदेशतर्फ विद्यार्थीको पलायन रोक्ने योजनाका साथ मेडिकल कलेज सञ्चालकहरुले नयाँ प्रस्ताव अगाडी सारेका छन् । उनिहरुले मेडिकल शिक्षालाई दुई सेसनमा अध्ययन अध्यापन गराउँने व्यवस्था मिलाउन राज्यसँग माग गरेका छन् ।
आइतबार निजी मेडिकल कलेजहरुको छाता संगठन एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेजको बैठकले यस्तो निर्णय गरेको हो । एसोसिएसनका अध्यक्ष प्रा.डा. ज्ञानेन्द्र बिक्रम कार्कीद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा नेपालका मेडिकल कलेजहरु दुई शैक्षिक सत्र संचालन गर्न भौतिक, प्राविधिक र जनशक्तिका हिसाबले पर्याप्त रहेको बताएका छन् ।
सरकारले आर्थिक वर्ष २०७९÷२०८० को बजेट वक्तव्यमा चिकित्सा शिक्षा अध्ययनका लागि वर्षमा २ शैक्षिक सत्र बनाउने घोषणा गरेको थियो । तर, हालसम्म यो विषयमा कुनै प्रक्रिया अगाडि बढाइएको छैन । विज्ञप्तीमा नेपालमा मेडिकल शिक्षाको लागि राम्रो अवसर भएतापनि राज्यले अवलम्बन गरेको नीतिका कारण धेरै विद्यार्थी विदेशीनु परेको उल्लेख छ ।
चिकित्सा शिक्षा आयोगको भर्ना प्रक्रिया झन्झटिलो भएको, एमबीबीएसमा १००, बिडिएसमा ५० र नर्सिङ्गमा ४० जनाको कोटा प्रणाली अवैज्ञानिक भएको विज्ञप्तीमा उल्लेख छ । एसोसिएसनले निकालेको विज्ञप्तीमा सरकारले सही निति लिएर सोही अनुसारको वातावरण मिलाउने हो भने छिमेकी मुलुक भारतबाट धेरै विद्यार्थी ल्याउन सकिने र ती विद्यार्थीबाट वैदेशिक मुद्रा भित्र्ने उल्लेख छ । चिकित्सा शिक्षा आयोगको बैठकले विदेशी विद्यार्थीको सिट संख्या बढाएर विदेशी मुद्रा बढाउने निर्णय गरेको थियो ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस