लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्रीमा खनाल, समाजिकमा गुप्ता


काठमाडौं । लुम्बिनी प्रदेश सरकारको स्वास्थ्यमन्त्रीको जिम्मेवारी राजु खनालले पाएका छन् । नेपाली कांग्रेस दाङबाट लुम्बिनी प्रदेशको प्रदेशसभा सदस्यमा निर्वाचित खनाललाई मुख्यमन्त्री डिल्ली चौधरीले स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइएका हुन् । संविधानसभा सदस्य समेत रहेका खनाल प्रदेशमा झरेर स्वास्थ्यमन्त्री खाएका हुन् ।

लुम्बिनी प्रदेशको समाजिक विकासमन्त्रीको जिम्मेवारी भने चन्द्रकेश गुप्ताले पाएका छन् । जनमत पार्टीका गुप्तालाई मुख्यमन्त्री चौधरीले समाजिक विकासमन्त्रीको जिम्मेवारी दिएका हुन् ।  भण्डारीलाल अहिर कृषिमन्त्रीको जिम्मेवारी पाएका छन् । उनी जसपाका सांसद हुन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता चौधरी नेतृत्वका मन्त्रिपरिषद्मा विनाविभागीय मन्त्रीको जिम्मेवारी रहेका दुईजनाको पनि कार्यभार तोकिएको छ । जसमा सन्तोषकुमार पाण्डेले आन्तिरिक मामिला तथा कानुन मन्लायको जिम्मेवारी पाएका छन् । उनी लोसपाबाट प्रतिनिधित्व गर्छन् । त्यस्तै विनाविभागीय मन्त्रीको भूमिकामा रहेका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार मन्त्रालय जिम्मेवारी दिइएको छ । उनी नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्य बनेका हुन् ।

नेकपा माओवादी केन्द्रले मन्त्रीको नाम नपठउँदा लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाउन सकेको छैन ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #चन्द्रकेश गुप्ता समाजिक विकासमन्त्री लुम्बिनी प्रदेश, #डिल्ली चौधरी मुख्यमन्त्री लुम्बिनी प्रदेश, #राजु खनाल स्वास्थ्यमन्त्री लुम्बिनी प्रदेश

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ