मधेश प्रदेशको स्वास्थ्यमन्त्रीको जिम्मेवारी सिंहलाई
काठमाडौं । मधेश प्रदेश सरकारको स्वास्थ्य तथा मन्त्रीको जिम्मेवारी वीरेन्द्रप्रसाद सिंहलाई दिइएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्रीमन्त्री सरोज कुमार यादवले सिंहलाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिएका हुन् ।
नेपाली कांग्रेसका मधेश प्रदेश उपसभापति समेत रहेका सिंहले मधेश प्रदेशमा छुट्टै स्वास्थ्यमन्त्रीको भूमिका निर्वाह गर्ने अवसर पाएका हुन् ।
सर्लाही क्षेत्र नम्बर ४(१)बाट मधेश प्रदेशसभा सदस्यमा निर्वाचित सिंहलाई स्वास्थ्यमन्त्री बनाइएको हो । उनी मधेश प्रदेशका पूर्वमहिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री समेत हुन् ।
जसपा नेपालका यादव नेतृत्वको सरकारमा कांग्रेसकै कृष्ण यादवले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । कृष्ण नेपाली कांग्रेस मधेश प्रदेशका सभापति समेत हुन् ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई कृषिमन्त्रीको जिम्मेवारी दिइएको छ । कृषिमन्त्री रहेका जनमत पार्टीका वसन्त कुशवाहाको विभागीय जिम्मेवारी खोसिएको छ ।
क्याटेगोरी : समाचारट्याग : #वीरेन्द्रप्रसाद सिंह स्वास्थ्यमन्त्री मधेश प्रदेश
तपाईको प्रतिक्रिया दिनुहोस