महानगरका वडाध्यक्षले नै ‘स्मोकिङ जोन’ मागेपछि ..


काठमाडौं । काठमाडौं महानगरपालिका-२९ का वडाध्यक्ष कुश ढकाल होटेललगायत विभिन्न ठाउँमा ‘स्मोकिङ जोन’ राख्नुपर्ने माग गरेका छन् । धुम्रपान तथा सुर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी जनचेतनामूलक छलफल तथा अन्तरक्रिया कार्यक्रममै उनले यस्तो माग गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा गरिएको धुम्रपान तथा सुर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम, नियन्त्रण कार्यक्रममा वडाध्यक्ष ढकालले कार्यक्रमको उद्देश्यविपरीत उक्त प्रतिक्रिया दिएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी रहेका वडाध्यक्ष कुश ढकालले धुम्रपान तथा सुर्तिजन्य पदार्थको उपभोग नेपालको मात्रै नभइ संसारकै समस्या भएको समेत दाबी गरे । उनले सरकारले सबैभन्दा बढी कर यहीँबाट उठाउने र अस्पतालमा पनि यही कारणले सबैभन्दा बढी बिरामी भएर जाने धारणा राखे । नेपालमा उक्त समस्या कम हुनेमा आफू विश्वस्त नभएको उनको भनाइ छ ।

वडाध्यक्ष ढकालले धुम्रपान कम गर्नको लागि जनचेतनामूलक कार्यक्रमहरु गरेपनि सेवनकर्ताले रियालाईजेशन नगरेसम्म धुम्रपान कम नहुने बताए ।

मधेशी दलित गैरसरकारी संस्था महासंघ काठमाडौंले धुम्रपान तथा सुर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी जनचेतनामुलक छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ