स्वास्थ्यमन्त्री बस्नेतले दमौली अस्पताललाई पाँचवटा डायलासिस मेसिन दिए
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले तनहुँको दमौली अस्पताल ५ वटा डायलासिस मेसिन उपलब्ध गराएका छन् ।
दमौली अस्पताललाई मिर्गौला रोगीका लागि आवश्यक पर्ने डायलासिस मेसिन स्वास्थ्यमन्त्री बस्नेतले उपलब्ध गराएका हुन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईको आग्रहमा उनले दमौली अस्पताललाई उक्त डायलासिस मेसिन दिएका छन् । यसका लागि स्वास्थ्य सचिव डा. रोशन पोखरेलले सहजीकरण गरिएको भट्टराईको भनाइ छ ।
स्वस्थ्यमन्त्री बहादुर बस्नेतलाई आफूले दमौली अस्पतालमा मिर्गौला रोगीहरूको उपचारका लागि आवश्यक पर्ने आग्रह गरेकोमा मन्त्रालयबाट ५ वटा डायलासिस मेसिन उपलब्ध भएको कांग्रेस नेता भट्टराईले जानकारी दिए ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस