राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन् ।नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मंगलबार भर्ना भएका राष्ट्रपति पौडेल बुधबार बिहान डिस्चार्ज भएका हुन् ।

राष्ट्रपति पौडेललाई २४ घण्टे अवलोकनमा राखी आज डिस्चार्ज गरिएको केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिए । राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको केन्द्रका कार्यकारी निर्देशक डा. अधिकारीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ