चीनमा जन्डिसको उपचार गराएर फर्किए पूर्वअर्थमन्त्री पुन


काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन छिमेकी मित्रराष्ट्र चीनमा जन्डिसको उपचार गराएर स्वदेश फर्किएका छन् । चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जन्डिसको उपचार गराएर उनी आज स्वदेश फर्किएका हुन् ।

नेता पुन जटिल प्रकारको वंशाणुगत जन्डिस बल्झिएपछि उपचारका लागि चीन तर्फ प्रस्थान गरेका थिए । ४ महिनाको उपचारपछि उनी शुक्रबार स्वदेश फर्किएका हुन् । फागुन १ गते उपचारका लागि चीन गएका नेता पुन असार १ गते नेपाल फर्किएका छन् । उनको स्वास्थ्य अवस्थामा निकै सुधार भएको बताइएको छ ।

पत्नी ओनसरी घर्तीसहित काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका पुनको स्वागतका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संघीय मामिला मन्त्री अमनलाल मोदी पुगेका हुन् । स्वास्थ्यलाभपछि अझै सक्रिय रहने सोच बनाएको नेता पुनको भनाइ छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ