सुस्त महामारीको रुपमा देखिँदै एन्टिबायोटिक रेसिस्टेन्स


दाङ । आधिकांश एन्टिबायोटिकले काम नगर्दा विश्वमा वार्षिक १२ लाख ७० हजार मानिसको मृत्यु हुने गरेको विभिन्न अध्ययनहरूले देखाएको छ । यसले आगामी केही समयमा विश्वभर ठुलो महामारीको रूप लिने अधिकारीहरूले औंल्याएका छन् । एन्टिबायोटिक औषधिले काम नगरेकै कारण सन् २०३० सम्म थप २ करोड ४० लाख मानिसहरू चरम गरिबीमा पुग्नेछन् । विश्व अर्थतन्त्रमा १०० खर्ब अमेरिकी डलरको भार पर्ने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना तथा युएसएआइडी मेडिसिन टेक्नोलजिस्ट तथा फर्मास्युटिकल्स सर्भिस कार्यक्रमको सहयोगमा लुम्बिनी प्रदेशमा भएको पत्रकार अवेयरनेस कार्यक्रममा विज्ञहरूले एन्टिबायोटिकको अवस्था राम्रो नभएको औँल्याएका छन् । उक्त औषधिको जथाभावी प्रयोग, मनलाग्दी रुपमा भएको खरिद, कृर्षी , पशु लगायत विभिन्न क्षेत्रमा अनावश्यक प्रयोग हुँदा एन्टिबायोटिकले काम गर्न छाडेको हो । काम गरेका औषधिकहरु पनि निकै महँगा र गरिब जनताको पहुँचमा नभएको सहभागीले बताएका छन् ।

स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशका सचिव डा जनार्दन पन्थीले विश्वका प्रमुख १० विश्वव्यापी जनस्वास्थ्य खतराहरू मध्ये एक एन्टिबायोटिक भएको बताए । विश्व स्वास्थ्य सङ्गठनले पनि यो विषय उल्लेख गरेको छ । आम नागरिकमा एन्टिबायोटिकको असर बारे कुनै पनि अवेयरनेस कार्यक्रम नभएको अवस्थामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र युएसएआइडी मेडिसिन टेक्नोलजिस्ट तथा फर्मास्युटिकल्स सर्भिस (एमट्याप्स) ले नेपालमा पहिलोपटक पत्रकारहरूसँग यस विषयमा छलफल चलाएको छ ।

शुक्रबार दाङमा भएको कार्यक्रममा सचिव डा पन्थीले एन्टिबायोटिक रेसिस्टेन्सको विषयमा सबै एक भएर लड्नु पर्ने बताए । यसमा आवश्यक सहयोग गर्न पत्रकारहरूलाई आग्रह गरे । भावी दिनमा कोरोनाको जस्तो महामारी नआउँने तर्फ सबै सचेत भएर लाग्नु पर्ने डा पन्थीको भनाई छ । युएसएआइडी एमट्याप्स परियोजनाका सिनियर टेक्निकल एडभाइजर डा सन्तोष दुलालले सन् २०१९ को एक अध्ययनले विश्वमा अनुमानित १२ लाख ७० हजार मानिसको मृत्युमा एएमआर जिम्मेवार भएको बताए । यो सन् २०१९ को तथ्यांक हो । उनले भनेका छन्, एचआइभी र एड्स र मलेरियाबाट भन्दा बढी एएमआर र सो सँग सम्बन्धित रोगका कारण मानिसहरको मृत्यु भइरहेको स्पष्ट पारे । तार, नेपालमा अहिले सम्म कुनै अनुसन्धानको रिर्पोट बाहिर आएको छैन । हाल विश्वका गरिब देशहरूमा एन्टिबायोटिकले काम गर्ने क्षमतामा ह्रास आउँदै गएको पाइएको छ ।

अधिकारीहरू भन्छन् विस्तारै एन्टिबायोटिक औषधिको काम गर्ने क्षमता शून्यमा पुग्दै गएको र उक्त समयमा देशले ठूलो क्षति ब्यहोर्नु पर्ने अवस्था आएको छ । एन्टिबायोटिकको विकास भएको धेरै वर्ष भइसकेको छ । सन् १९८७ मा ‘लिनेजोलिड’ एन्टिबायोटिक अन्तिम पटक बनेको थियो । ३५ वर्ष यता कुनै नयाँ एन्टिबायोटिक बनेको छैन । डा दुलालका अनुसार एन्टिबायोटिकले २०३० सम्ममा थप २ करोड ४० लाख मानिसहरू चरम गरिबीमा पुर्याउने देखिएको छ । जसले गर्दा विश्व अर्थतन्त्रमा मात्रै १०० खराब अमेरिकी डलरको भार पर्ने छ, डा दुलाल भन्छन् । यसले सन् २०५० सम्म वार्षिक ३।८ ५ कुल ग्राहस्थ उत्पादनमा असर गर्ने देखिएको छ ।

 नेपालमा नेशनल एक्सन प्लान – एएमआर २०२१ – २०२६ लागू हुन नसक्दा पनि समस्या देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले न्याप एएमआर स्वीकृतका लागि मन्त्रिपरिषद् पठाएको छ । एएमआर रोक्न नीति निमार्णमा के गर्ने डा दुलालका अनुसार एएमआर नियन्त्रणमा एकताबद्ध भएर लाग्न केही नीति निमार्ण गर्नुपर्ने आवश्यकता देखिएको छ । उनका अनुसार नेशनल एक्सन प्लान – एएमआर  २०२१ – २०२६ लागू गर्ने, एएमआर सङ्क्रमणको निगरानी व्यवस्थामा सुधार गर्ने, नीति, कार्यक्रमको सुधार गरि संक्रमण रोकथाम र नियन्त्रण कार्यन्वयनलाई बलियो बनाउने, औषधिको उत्पादन, उचित प्रयोग र विसर्जनलाई नियमन गर्ने र शुद्ध खानेपानी र स्वच्छ सरसफाइमा पहुँच बढाउन आवश्यक नीति तर्जुमा गर्नुपर्ने छ ।

डा सन्तोष दुलालले बताए अनुसार विश्वभर खपत हुने मध्ये एक तिहाइ एन्टिबायोटिक पशुमा प्रयोग हुनेगरेको छ । अझ गाई भैँसीको दूधमा यसको व्यापक असर देखिएको उनले बताए । युएसएआइडी एमट्याप्सका एएमआर क्लिनिकल कन्सल्टेन्ट डा विवेका श्रेष्ठले शरीरको बनावट भिन्न भएका कारण पुरूष र महिलामा फरक फरक तवरले एन्टिबायोटिक औषधिले काम गर्ने बताइन् । उनका अनुसार एन्टिबायोटिक गर्भावस्थामा सबैभन्दा बढी दिइने औषधि हो । डा श्रेष्ठले पेटभित्रको बच्चालाई जोखिम हुने भएकाले गर्भावस्थामा एन्टिबायोटिकको प्रयोग अन्यको तुलनामा सीमित हुने स्पष्ट पारिन् ।

विकासोन्मुख देशहरूमा गर्भवती आमाको अप्रेसन गर्नु अगाडि र पछाडि एन्टिबायोटिक प्रयोग गरिने हुँदा एएमआरको जोखिम बढीहुने उनको दाबी छ । डा श्रेष्ठका अनुसार विश्वव्यापी रुपमा ७० प्रतिशत महिला स्वास्थ्यकर्मी अग्रपङ्तिमा काम गर्छन जसले उनीहरूमा एएमआरको जोखिम धेरै हुन्छ । अधिकारीहरूले बताए अनुसार जहाँ लैङ्गिक हिंसा छ त्यहाँ यौन रोग र एएमआर सङ्क्रमणको जोखिम उच्च हुन्छ । पुरुषमा एएमआरको जोखिम पनि उस्तै देखिएको छ ।

डा श्रेष्ठका अनुसार पुरुषहरू चिकित्सकको सल्लाह बिना आफैँ औषधी किनेर खाने गर्छन् । विभिन्न अध्ययन अनुसार उनीहरू औषधीको पुरा डोज खाँदैनन् । कतिपय अवस्थामा पुरुषहरू गम्भीर बिरामी नभए समन स्वास्थ्य सेवा लिन जरुरी समेत ठान्दैनन् । यता मद्यपान र धूम्रपानले पुरूषमा एएमआरको जोखिम बढाउँने डा श्रेष्ठ बताउँछिन् । सरकारले एन्टिबायोटिकले काम गर्न छाडेपछि देशका २५ वटा प्रयोगशालाबाट ब्याक्टेरिया र तीनको प्रतिजैविक प्रतिरोध सम्बन्धी तथ्याङ्क सङ्कलनको कार्य सुरु भएको छ । जनावरमा ७ वटा प्रयोगशालाबाट ब्याक्टेरिया र तीनको प्रतिजैविक प्रतिरोध सम्बन्धी तथ्याङ्क सङ्कलन थालिएको छ । २५ ल्याबबाट १० वटा ब्याक्टेरियाको सर्वेक्षण केन्द्रिय प्रयोगशालाले गर्नेछ ।

 पशु प्रयोगशालाले ४ वटा ब्याक्टेरियाको सर्वेक्षण गर्नेछ । युएसएआइडी एमट्याप्सका एएमआर मिडिया कन्सल्टेन्ट पत्रकार अर्जुन अधिकारीले एएमआरमा खोज पत्रकारिता गर्न आवश्यक भएको बताए । एन्टिबायोटिकले काम नगरेर मृत्युको शय्यामा पुगेका देखि औषधिले काम गर्ने क्षमतामा गिरावट आएका धेरै घटनाहरू भएपनि त्यसको समाचार मिडियाले उल्लेख नगरेको भन्दै शक्तिशाली ब्याक्टेरियाका विरुद्धमा एक भएर कलम चलाउन आवश्यक भएको बताए । उनले केही बिरामीको एन्टिबायोटिक रेसिस्टेन्स भएर सघन उपचार कक्षमा भर्ना भएका प्रतिनिधि मूलक पात्रको चर्चा गरेका थिए । बजारमा प्रशस्ति घटना भए पनि समाचार नबनेकोमा दुखी हदै कम्तिमा १५ दिनमा एक दिन एएमआरलाई समय लिन अनुरोध गरे । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रतिनिधिका रुपमा जनस्वास्थ्य अधिकृत सुस्मिता न्यौपानेको सहभागिता रहेको थियो ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ