स्वास्थ्यका अतिरिक्त सचिव झिँगा मार्ने, बैंकको कर्मचारी स्वास्थ्य सुधारको खाका कोर्ने
काठमाडौं । बाच्नु पर्छ अनेक देखिन्छ । त्यो पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तीन जना अतिरिक्त सचिव झिँगा मारेरै दिन कटाइरहेका छन् । यता मन्त्री मोहन बहादुर बस्नेतले भने नबिल बैंक दाङ शाखाका प्रमुख विश्वरूप खड्कालाई आफ्नो प्रमुख स्वकीय सचिव बनेका छन् ।
अतिरिक्त सचिव डा संगीता कौशल मिश्राले छिटफुट अधिकार पाएपनि डा विकास देवकोटा र डा टंक बराकोटीको काम दिनभर झिँगा मार्ने सिवाय केही छैन । उनीहरू अतिरिक्त सचिव भएको तीन महिना पुगेको छ । सयौँ स्वास्थ्यकर्मी जिम्मेवारी नपाएर बरन्डामा थन्किएका छन् ।
अतिरिक्त सचिवहरू अधिकार नपाएले लाजले भुतुक्कै भएका छन् । दुर्गममा वर्षौ सेवा गरेर पोख्त भएका अतिरिक्त सचिवहरू अहिले स्वास्थ्यमा पेन्डुलम हुनु सामान्य विषय हैन, स्वास्थ्य क्षेत्रको यो ठुलो घाटा हो । नेतृत्वमा बस्ने यदि मानव हो भने लामो समय देखि अतिरिक्त सचिव जिम्मेवार विहीन बनाउँनु र स्वास्थ्य सुधारको खाका चै स्वास्थ्यको स समेत जानकारी नहुने बाहिरको बैङ्कर आएर कोर्नु आश्चर्यको विषय हो । यसले मन्त्री बस्नेत स्वास्थ्य क्षेत्रलाई भड्खालोमा लैजाँदैछन् भन्ने स्पष्ट संकेत गरेको छ । कर्मचारी प्रश्न गर्न सक्दैनन् । उनका अगाडि सबै स्वास्थ्यकर्मी सर्पले गडुल देखे जस्तै गर्छन् ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बहादुर बस्नेतले बाहिरको बैङ्कर ल्याएर प्रमुख स्वकीय सचिव बनाएको घटनाले स्वास्थ्य क्षेत्रमा राम्रै रमिता चलेको छ । मन्त्रीका अगाडि प्रश्न गर्ने हिम्मत स्वास्थ्यकर्मीको राजनीतिक सङ्गठनमा पनि छैन । उनीहरू सडकमा एक्लै र सहकर्मीसँग बर्बराउँदै हिँडिरहेका छन् । स्वास्थ्यका क्षेत्रमा कीरा भएर निस्किएका कर्मचारीले सुधार गर्न र खाका कोर्न नसकेका बेला बैंकले स्वास्थ्य कायापलट गर्ने सल्लाह देलान् त ? मन्त्री बस्नेतले नेपाल स्वास्थ्यकर्मी सघ कुनै राय सुझाव अहिले सम्म लिएका छैनन् ।
राय सल्लाह बिना स्वास्थ्यकर्मीलाई अपमान गरी बैङ्करलाई ल्याएर प्रमुख स्वकीय सचिव बनाए । कर्मचारी हेरफेर गरे तर एक शब्द स्वास्थ्यकर्मी संघका पदाधिकारीलाई सोधेछन् । स्वास्थ्य क्षेत्रका आफ्ना कर्मचारीलाई विश्वास नगर्ने मन्त्रीलाई कर्मचारीले पनि विश्वास र सहयोग गर्नुपर्छ भन्ने छैन ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस