स्वास्थ्य मन्त्री बस्नेतले गरे केयूको योग तथा प्राकृतिक चिकित्सालय उद्घाटन


काभ्रेपलाञ्चोक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले काठमाडौं विश्वविद्यायलले स्थापना गरेको योग तथा प्राकृतिक चिकित्सालयको उद्घाटन गरेका छन् । एक कार्यक्रमका बिच उनले उक्त चिकित्सालयकाे उद्घाटन गरेका हुन् ।

नवौं अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर काठमाडौं विश्वविद्यालयले काभ्रेपलाञ्चोकको चौकोट, पनौती ५ मा योग तथा प्राकृतिक चिकित्सालयको सुभारम्भ गरेको हो ।केयूले यसै वर्षदेखि योग बिषयमा स्नातक तह (ब्याचलर अफ योगित साइन्स एण्ड विल विइङ) को पढाई समेत सुरु गरेको छ ।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले काठमाडौं विश्वविद्यालयले सुरु गरेको योग तथा प्राकृतिक चिकित्सालय र स्नातक तहमा योगाको औपचारिक पढाई प्राकृतिक चिकित्साका क्षेत्रका लागि नमुना भएको बताए । हरेक वर्ष उपचार सेवा महंगो हुदै गइरहेको अहिलेको अवस्थामा योग तथा प्राकृतिक चिकित्साको विकास गरेर व्यक्तिलाई रोग लाग्नै नदिइ निरोगी बनाउने अभियानमा काठमाडौं विश्वविद्यालयले गरिरहेको प्रयास प्रसंसनिय रहेको मन्त्री बस्नेतले बताए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ