स्वास्थ्य लाइभ प्रभाव
ग्लाेबल फण्डकाे रकममा सरकार पिआर बन्याे
काठमाडौं । यश अगाडि सेभ द चिल्ड्रेन पिरआर बनेकाे ग्लाेबल फण्ड अब सरकार मातहत रहने भएकाे छ । बुधबार बसेकाे सिसिएमकाे बैठकले ग्लाेबल फण्डकाे पिआर सरकार आफै बन्ने निर्णय गरेकाे हाे ।
मन्त्राालयकि अतिरिक्त सचिव डा संगिता काैशल मिश्राकाे एक्लाे प्रयासमा सरकार पिआर बनेकाे हाे । पुरै राज्यशक्ति सरकार पिआर बन्नु हुदैन भनेर लागेका बेला मिश्रा एक्लाे बृहस्पति बनेर लडेकि थिइन् ।
ग्लोबल फण्डले २००२ देखि नेपाल सरकारलाई अनुदान स्वरुप रकम दिन थालेको हो । उक्त रकम सरकारले एचआईभी, मलेरियामा र क्षयरोगको क्षेत्रमा खर्च गर्नुपर्छ ।
रोगिको खोजतलास, निदान र उपचारका लागि भनेर दिएको रकम सन् २०१५ देखि सेभ द चिल्ड्रेनको पोल्टामा पुगेको थियाे । सरकारले काम गर्न नसके पछि सरकारी अधिकारीहरुलेनै सरकारबाट पुत्काएका थिए ।
स्वास्थ्य लाइभले पहिलाे पटक संचार क्षेत्रमा या रकम सरकार मातहत ल्याउनुपर्ने आवाज उठाएकाे थियाे । उक्त आवाजलाइ मिश्राले साथ दिएकी थिइन् । पिआर सरकार बनेपनि कार्यक्रम संचालनका लागि काे पिआर भने पछि सरकारले ताेक्ने छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस