पुर्व स्वास्थ्यमन्त्रीद्धारा मोहन बस्नेतको राजिनामा माग


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतको अभिव्यक्ति चौतर्फि विवादमा परेको छ । नैतिकवान व्यक्ति भए पदमा बस्ने कुनै अधिकार नभएको भन्दै विभिन्न अधिकारीहरुले राजिनामा दिनु पर्ने बताएका छन् ।

पुर्व स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले तत्काल राजिनामा मागिन् । स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री बस्नेतले दिएको अभिव्यक्तिलाई लिएर कार्कीले राजीनामा मागेकी हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार आयोजित एक पत्रकार सम्मेलनमा उनले सरकारी सेवामा आवद्ध भएका कर्मचारीलाई लिएर उसलाई आत्महत्याका लागि सचिवहरू उक्साएका थिए । उनले भनेका थिए, ‘एक जना स्वास्थ्यकर्मीले हाम्रो सचिव ज्यूलाई फलानो ठाउँबाट सरुवा गरिदिनु भयो भने त म आत्महत्या गर्दिन्छु भन्दै धम्की दिदो रहेछ, मैले उहाँहरु ( सचिवहरू ) लाई भनिदिएको छु, फेरी पनि त्यो कर्मचारी त्यसरी प्रस्तुत भयो भने डोरी किनेर दिनु र झुन्डिनु भनी दिनु ।’,

‘केही मान्छेको सरुवा गर्यौँ, तर यहि ठाउँमा थमौती गर्नुपर्छ भनेर विभिन्न किसिमका तागतहरू प्रयोग गरेर आए। हुँदा–ह्ुँदा कोही–कोही त यहाँ आत्महत्या गर्छु भनेर पनि पनि आएछन्,’ पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘सचिवहरूले त्यो कुरा मलाई भन्नुभयो। तर मैले त कुरा बुझ्या छु। उसो भए डोरी लगेर दिनुहोस् भनेँ, सचिवज्यूकोमा झुण्डिन मन लागेन भने मन्त्रीको गेटमा झुण्डिनुस् भन्दिनुँ भनिदिए।’

‘पछिल्लो समय देशमा पेशागत नैरास्यताका कारण डाक्टर नर्स स्वास्थयकर्मीहरू विदेशिने मात्र हैन उनीहरूमा आत्महत्या गर्ने क्रम पनि बढ्दो छ । यस्तो अवस्थामा स्वास्थ्य क्षेत्रको अभिभावक भएर तमाम देश भरीका स्वास्थ्यकर्मीहरूको श्रम पसिना र उनीहरूको दुःख त्यागको सम्मानजनक सम्बोधन गर्नुसाटो उल्टै यसरी निरुत्साहित गर्ने र आत्महत्या दुरुत्साहन गर्ने किसिमको भनाइ स्वयं स्वास्थ्य मन्त्रीबाटै आउनु खेदजनक मात्र हैन सम्पूर्ण स्वास्थ्यकर्मी र राष्ट्रलाई नै घातक हुनसक्छ । त्यसैले नैतिकताको आधारमा स्वास्थ मन्त्री महोन बहादुर बस्नेतले तत्कालै राजीनामा दिनुपर्छ्र ।’

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ